पोखरा १ मा हर्पिंक, फिनेल र झोल साबुन बनाउने तालिम
पाेखरा | असार १०, २०८२
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्गस्थित अभियान महिला समुहले आफना सदस्यहरुको लागि आयोजना गरेको हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम सम्पन्न गरेको छ ।
आफनो समूहमा आबद्ध सदस्यहरुलाई स्वरोजगार बनाउने उदेश्य सहित सिप सिकै र आत्मनिर्भर बनौ भन्ने नारा सहित पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा आईतबारदेखि सुरु दुर्ई दिने तालिम मंगलबार सम्पन्न भएको हो ।
तालिममा समुहमा आवद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको समुहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिईन । तालिम पछि सिकेका कुराहरु व्यवहारमा उत्तार्ने गरि आफुहरुले काम गर्ने रिमालले बताईन । तालिममा सहभागीहरुलाई लक्ष्मी पौडेलले सहजीकरण गरेकी थिईन् ।
तालिम समापन गदै पोखरा १ का वडा अध्यक्ष सहारा प्रधानले वडाले पहिलोपटक यो तालिम संचालन गरेको बताए ।
तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका थिए । वडामा यो नयाँ तालिम रहेकाले तालिम पछि यस्लाई व्यापारीक प्रयोजनका लागि उत्पादन गरि ब्यवसायी सगै आत्मनिर्भर बन्न सहभागीहरुलाई आग्रह गरेका थिए ।
वडा सदस्य शोभा गुरुङले तालिम पछि अव आफैले हर्पिक, फिनेल र झोल साबुन उत्पादन गरि बेच्न आग्रह गरेकी थिईन । यी दैनिक आवश्यकताकाका समग्री रहेकाले यस्को बजार समेत राम्रो रहेको भनाई उनको थियो ।
समापन समारोहमा सहभागीका तर्फबाट नीता पोखरेल र निर्मला तिवारीले आफनो दैनिक जिवनमा उत्पादन हुने बस्तु रहेकाले अव घरमै यस्को उत्पादन गर्ने बताएका थिए । आफुहरुले हलसम्म लिएका तालिम मध्ये यो तालिम वयवहारीक र आवश्यक रहेको उनीहरुले बताएका थिए ।
गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत...
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...
सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रत...

